Tuesday, April 1, 2014

वहकिने मन (२०७० भाद्र १७)

यादहरु निक्कै पर छाड्न कहाँ सकिन्छ र ?
छाडेपनि रुन्चे आँखा माड्न कहाँ सकिन्छ र ?
किन एक्लो ? भनेर सोध्नेहरुलाई मेरो जवाफ
मन दोहोर्याएर बाँड्न कहाँ सकिन्छ र ?
(((((((((((((((((((((((((((((((फाटेको मन सिउन फेरी गाह्रो हुँदो रै छ ))))))))))))))))))))))))))))

म कहिलेकाहीँ आँशुले भरिएको आफ्नै भुगोलबाट यसो मुन्टो उठाएर चातैतिर हेर्छु । मलाई लाग्छ, म बाहेक अरु सब्बै खुशी छन्, सुखी छन् । हाँसेकै देख्छु, रमाएकै देख्छु । कारण, उनीहरु मन साँटिएको आफ्ना मान्छेसँग छन्, उनीहरुसँग निर्धक्क मन साँट्न सकिने आफ्ना मान्छे छन् । यस्ता दृश्यहरुले मलाई किस्ता किस्तामा जिस्काएझैँ लाग्छ । फेरी पनि म उनीहरु जस्तै बन्न सक्दिनँ ।

अचेल मलाई आफ्नै एकलकाटे सँसार प्रिय लाग्न थालेको छ, बनको चरी बनमै रमाए जस्तो । अगुल्टोले हानेको कुन्नी के हो, बिजुली चम्किँदा तर्सिन्छ रे भन्ने सुनेथेँ । अचेल आफु पनि त्यसैगरि क्रमश क्रमश तर्सिए झैँ लाग्छ, प्रेमदेखी । त्यो प्रेमको अगुल्टोलो मलाई डामेको बेला मान्छेहरु रमिता हेर्नमा व्यस्त थिए । जति नै हार गुहार गरेपनि आफ्नै भन्ने साथीहरु पनि अपरिचित भएका थिए त्यतिबेला । 

आँखामा आँशु टिलपिल पारेर “उसलाई सम्झाइदेओ न साथी हो” भन्दा, अनेकन असमानताका यथार्थहरुलाई कोट्याउँदै उल्टै मलाई नै कुरा बुझ्न आग्रह गरेका थिए उनीहरुले । मलाई मेरौ औकात अवगत गराएका थिए । सायद त्यति नै बेलादेखी हो ती साथीहरुप्रतिको मेरो लगाव ऋणात्मक हुन थालेको पनि । 

त्यति नै बेलादेखी हो, साथी पनि साथी जस्तो नलागेको । विपत आईपर्दा मान्छे एक्लै हुँदोरहेछ भन्ने बुझेको पनि त्यति नै बेला हो । कलेजको क्यान्टिनमा एउटै प्लेटमा जुठो खाजा पनि बाँडेर खाने मेरा ती नै आत्मीय मित्रहरु त्यतिबेला सामाजिक मुल्य र मान्यताको पर्खाल देखाउँदै थे मलाई । सँसार भनेको यस्तै र रै छ नी । सायद त्यसैले पनि विश्वास उडेको थियो उनीहरुमाथीको । 

विश्वास भन्ने चिज एकपटक उडेपछि फेरी फर्केर आउँदैन रहेछ, अस्ति साफ च्याम्पियनसिप फुटबलको उद्घाटनको बेला रङ्गशालामा उडाइएको बेलुनहरुको झुत्ता जस्तै । त्यो त झन्झन् उडेर माथीमाथी पुग्दोरहेछ, अनि हराउँदो रहेछ एकैछिनमा ।

कहिलेकाहीँ यसो सोँच्छु, जीन्दगी धेरै अघि बढिसकेछ । धेरै आयु उपलब्धीविहिन ढङ्गले खेर गएछन् । मान्छेहरु सोध्छन्, किन एक्लै हिँडिराछौ, खोई त साथी ? म जवाफ फर्काउँछु, मैले जसलाई मनपराएँ उसले मलाई चाहिन अनि जस जसले मलाई मन पराए, सायद उनीहरुलाई पनि मैले चाहिनँ । 

यसरी नै जीन्दगीको तराजु सँधै ढलपल मात्रै भइरह्यो । कहिल्यै सन्तुलित हुन सकेन । म इमान्दार भएर भन्दैछु, तिमी गएपछि पनि केही मान्छेहरु आए मेरो जीन्दगीमा । तर मनको सँघारबाट भित्र भने प्रवेश पाएनन् उनीहरुले । जसरी आए, उसैगरि गएपनि । 

मलाई थाहा छ, फेरी तिमी उही भूमिकामा आउन्नौ मेरो जीन्दगीमा, हो थाहा छ मलाई । फेरी पनि यो मन मान्दैन, अरु कसैलाई तिम्रो स्थानमा राख्न, तिमी जस्तै सोँच्न अनि तिमीलाई जस्तै माया गर्न । बर्खामा भिजेको दाउरा अगेनोमा राखेर जति नै फु...फु...गरेपनि त्यो बल्दैन, आँखै पिरो हुने गरि धुँवा मात्रै आइरहन्छ । 

यस्तै हो, एकपटक कसैसँग साँटिएको मन पनि । टुक्रिएपछि फेरी फेरी जोडिन नसक्दो रहेछ ।


हाँसोहरु, खुशीहरु, कता गयो जीन्दगीमा ।
फगत आज आँशु मात्रै बाँकी रह्यो जीन्दगीमा । ।
जस्लाई धेरै विश्वास गरि मुटु भित्र राखेँ
त्यही मान्छेबाट ठुलो धोका भयो जीन्दगीमा । । ।


(((((((((((((((((((((((((आफ्नै ठानेँ, विश्वास गरेँ, दिलमा राखेँ मैले))))))))))))))))))))))))

यो फाटेको मन फेरी सिउन चाहीँ सकिँदो रहनेछ जस्तो लाग्दैछ मलाई । भन्न त भन्छन् मान्छेहरु, सँसारमा असम्भव भन्ने कुरा नै केही छैन । तर मलाई भने यो फाटेको मन सिउन नसकेर उधुमै परेको छ । खै उनीहरुले नबुझेर भनेको हो की मैले सम्भव बनाउन नसकेको हो, मैले बुझ्नै सकिरहेको छैन । चुहिने पित्तलको गाग्री जस्तो हुँदो रहेनछ मान्छेको मन, अलकत्रा टाँसेर ठीकठाक पार्न सकिने, यो त बरु माटोको गाग्रो जस्तो पो हुँदो रहेछ, प्याट्ट फुटेपछि टुक्रा टुक्रा भइजाने ।

मलाई याद छ, हामी सानो छँदा साथीहरु जम्मा भएर साँझमा गाउँखाने कथा सोधी खेल्थ्यौँ । त्यतिबेला एउटाले सोध्थ्यो, “खाउँ रोटी खान सकिन्न के हो ?” प्रश्न भुईँमा खस्न नपाउँदै बडो हानथापका साथ हामी सकेसम्म एकै स्वरमा जवाफ दिन्थ्यौँ, घाम । सोध्ने साथी फेरी अर्को प्रश्न सोध्थ्यो, “जति तान्यो उति छोटो चाहीँ के हो नि ?” यसको जवाफ दिन पनि पहिलेको प्रश्नमा जस्तै तँछाडमछाड गर्दै चिच्याउँथ्यौँ हामी, चुरोट । छिमेकीको परालको टौवामा हरेक साँझजसो यसरी गाउँखाने कथा सोधी खेलेको दिनबाट धेरै अगाडी बढिसकेछ जीन्दगीको गाडी । 

केही दिन अघि फेसबुकको पेजमा एउटा स्टाटस लेखेँ, कति मान्छेहरु भेटिन्छन् कति मान्छेहरु छुट्टिन्छन्, तर जीन्दगी आफ्नै रफ्तारमा चलिरहन्छ । यो स्टाटस यसै लेखेको थिइनँ मैले । हुनसक्छ, ती नै पुराना साथीहरु अनि उनीहरुसँग जोडिएका पुराना यादहरुलाई नै सम्झिएर लेखेको थिएँ । 

ती सबै बालसखाहरु कहाँकहाँ पुगे होलान्, केही भेउ पाएको छैन । तर फेरी बाल्यकालका ती साथीहरु फेरी एकैठाउँमा भेट भइदिए अनि अहिले पनि सानोमा जस्तै गाउँखाने कथा सोधी खेले, कसै न कसैले त आजपनि “खाउँ रोटी खान सकिन्न के हो ?” भनेर सोध्थ्यो होला । 

अनि लगत्तै “जति तान्यो उति छोटो चाहीँ के हो नि ?” भनेर पनि सोध्थ्यो होला, भुलिसके यिनीहरुले भन्ने सोँचेर । तर म भने उनीहरुलाई नयाँ गाउँखाने कथा सोध्ने थेँ, “जति बुझ्यो उति गाह्रो के हो ?” भनेर । सायद उनीहरुलाई यसको जवाफ “प्रेम” हो भनेर दिन त्यति सजिलो हुने थिएन होला जति सजिलो कुनै गाउँ नै मलाई दिँदा हुन्छ । 

साँच्चै नै यो प्रेम भन्ने चिज पनि अजीव कै छ । जति बुझ्न खोज्यो उति बुझ्न गाह्रो । वि.वि.एस.दोश्रो वर्षको फाइनान्स विषय जत्तिकै जटिल छ यो, जति बुझे जस्तो लागेपनि सँधै फेल भइरहने ।

अचेल त जीन्दगी नै एउटा प्रयोगशाला जस्तो भएको छ । कहिले के हुन्छ, कहिले के । फरक यत्ति की यो प्रयोगशालाबाट अहिलेसम्म कुनै आविष्कार भने भएको छैन । त्यसैले म पनि कुनै वैज्ञानिक हुन भ्याएको छैन । 

एउटा विरक्तिएको मान्छे समग्रमा दार्शनिक जस्तो भइसकेको हुँदो रहेछ । जीन्दगीप्रतिको उसको बुझाई औसतभन्दा केही फरक भइसकेको हुँदो रहेछ । अनि मान्छेहरुको भिडबाट केही पर हुँदोरहेछ उ, त्यतिबेला भन्नेहरु त उसलाई एकलकाटे भन्दा रहेछन् । परिचय नै फेरिन पुग्दो रहेछ उसको, सूर्यबाट चोइटिएको एक टुक्रो कालान्तरमा पृथ्वी भनेर चिनिए जस्तो ।

कहिले दिउँसै अनि कहिले रात परेपछि ।
आफ्नै भन्ने मान्छेले नै घात गरेपछि । ।
कहाँ बुझ्दो रै छ साथी, टुक्रिएको मन
सँगै हिँड्ने मनको मान्छे अन्तै सरेपछि । । ।

(((((((((((((((आफ्नाले नै छुरा धस्दा कलेजी यो देख्दो रै छ ))))))))))))))))))))))))

3 comments :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. राम्रो दिन मेरो बिरुगल नپال को दिन

    कसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
    ,
    मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
    सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
    दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
    मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
    मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
    त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
    मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
    उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
    जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
    सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
    म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
    जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
    कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
    (albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
    तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
     सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।

    ReplyDelete
  3. शुभ दिन मेरो नेपाल
    मेरो यात्रामा मैले एक वास्तविक र वास्तविक ऋण कम्पनीको घर बनाउन को लागी एक पैसा कमाई जोस लियज ऋण कम्पनी को लागी, म धेरै शुभ दिन र भगवान जोस लुइस ऋण कम्पनी को ब्लूटूथ .वेर्वसाइट, https: //www.joseluisloans.com या ईमेल joseluisloans@gmail.com

    मेरो नाम मर्मिया हो, म काठमांडूबाट नेपाल आएको छु, म बिगत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दै छु
    सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
    दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
    मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्नँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
    मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
    त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
    मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
    उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
    जस्तै कि उनले मलाई बताए, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: वेब साइट (https://www.joseluisloans.com/) या joseluisloans@gmail.com, मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागी मैले ऋण पाए 24 घण्टा, म विश्वास गर्न सक्दिन,
    म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
    जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
    कृपया म त्यहाँ सबै लाई सल्लाह दिनेछु जो उनको वेबसाइट मा ऋण को आवश्यकता हो
    (https://www.joseluisloans.com) तिनीहरूले कहिल्यै असफल भएन, र
    तपाईंको जीवन मेरो रूपमा परिवर्तन हुनेछ। आजकल सम्पर्क (https://www.joseluisloans.com) र तपाईंको ऋण तिनीहरूलाई प्राप्त गर्नुहोस्, उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि भगवानलाई लोस लुइस ऋण फर्म दिनुहोस।
     यकीन छ कि तपाईं जोस लुइस लन्डन लाई आफ्नो ऋण को लागी संपर्क गर्नुहोस किनकी मलाई मेरो ऋण सफलतापूर्वक यस कम्पनी को कम्पनी को बिना बिना तनाव मिल्यो, आफ्नो वेबसाइट https://www.joseluisloans.com/ या ईमेल (.joseluisloans @ gmail.com)

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget