Tuesday, January 28, 2014

वहकिने मन 88: वर्ष 2 अंक 34 (2070-10-13)

कार्यक्रम : बहकिने मन  
मिति :  (2070-10-13)
प्रस्तोता :महावीर विश्वकर्मा

नमस्कार ! 

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  कार्यक्रमको यो श्रृंखलामा ''प्रेममा भाग्यले कस्तो अर्थ राख्छ ?'' भन्ने विषयमा चर्चा गरिएको छ । सम्बन्धित विषयमा लेखक एवम् पत्रकार अश्विनी कोइरालाको विचार समेटिएको छ । 
Listen And Download
                                   Download : Click Here to Download

Tuesday, January 21, 2014

त्यो महावीर विश्वकर्मा


2070-10-07

केही दिनदेखी रेडियो नेपालको सँगीत कक्षामा सँगै भेटिने एक जना भाईले आज कक्षा सकिएपछि मेरो नजिक आएर सोधे-रेडियो नेपालमा कार्यक्रम चलाउने महावीर विश्वकर्मा तपाईँ नै हो दाई ?

'रेडियो नेपालमा' भनेको भएर मैले होईन भनिदिएँ ।
अनि सोधेँ-किन र ?

उसले भन्यो-त्यो महावीर विश्वकर्मा भन्ने लास्टै बबाल छ के दाई । स्वर पनि तपाईँको जस्तै छ । मुक्तकको जवाफ त छिनको छिनमै दिन्छ ।

अनि उसले मेरै कुरा गरेको थाहा पाएँ तर पनि उसलाई त्यो मान्छे मै हुँ चाहीँ भनिनँ । बरु सोधेँ-कहिले आउँछ त्यो कार्यक्रम ?

उसले भन्यो-खै त्यो त थाहा भएन तर राती आउँछ । २ ३ चोटी सुनेको छु मैले । मलाई त त्यो आँशु कवि जस्तै लाग्छ । फोनमा आउनेले भनेको मुक्तकको जवाफ त तत्कालै दिन्छ भन्या त्यसले ।

अनि मैले भनेँ-ए हो र...कार्यक्रम कहिले आउँछ थाहा पाएर भनन ल मलाई , म पनि सुन्छु, कस्तो बबाल रैछ त्यो ।

उस्ले हुन्छ दाई भन्दै गयो, उसका अरु साथीहरुलाई पनि बताउँदै थियो त्यो महावीर विश्वकर्माको बारेमा ।
अनि म चाहीँ बाईक स्टार्ट गरेर हुइँकिएँ । तर बाटाभरि उसको कुराले मुसुमुसु हाँसो छुटाइरह्यो एकतमासले, सम्झिरहेँ उसको कुरा 'त्यो महावीर विश्वकर्मा भन्ने लास्टै बबाल छ के दाई ।'

सोँच्दैछु, सँगीत कक्षाको अन्तिम दिन उसले थाहा नपाउने गरि उसको डायरी भित्र एउटा चिट राखिदिनेछु, 'तिमीले भन्ने त्यो बबाल महावीर विश्वकर्मा म नै हुँ भाई' भनेर ।

हेरौँ कसरी अघि बढ्छ यो किस्सा ।

वहकिने मन 87: वर्ष 2 अंक 33 (2070-10-06)

कार्यक्रम : बहकिने मन  
मिति :  (2070-10-06)
प्रस्तोता :महावीर विश्वकर्मा

नमस्कार ! 

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  कार्यक्रमको यो श्रृंखलामा ''प्रेममा भाग्यले कस्तो अर्थ राख्छ ?'' भन्ने विषयमा चर्चा गरिएको छ । सम्बन्धित विषयमा लेखक एवम् पत्रकार अश्विनी कोइरालाको विचार समेटिएको छ । 
Listen And Download
                             Download : Click Here to Download

Sunday, January 19, 2014

मुक्तक


कोही आउँछन् कोही जान्छन्, जीन्दगानी चलिरहन्छ ।
जाँदाजाँदै सबै लान्छन्, जीन्दगानी चलिरहन्छ । ।
याद हो की, पिडा हो त्यो, दिलमा टाँसिएर बस्छ
आँशु छालले सँधै हान्छन्, जीन्दगानी चलिरहन्छ । । ।


Tuesday, January 14, 2014

वहकिने मन 86: वर्ष 2 अंक 32 (2070-09-29)

कार्यक्रम : बहकिने मन  
मिति :  (2070-09-29)
प्रस्तोता :महावीर विश्वकर्मा

नमस्कार ! 

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  
Listen And Download
                               Download : Click Here to Download

Sunday, January 12, 2014

मुक्तक


भिजेको आँखा पुछेर बाँच्नुपर्छ ।
आँशु दर्किँदा सँधै रुझेर बाँच्नुपर्छ । ।
पाउनु र गुमाउनु त रित नै हो जीन्दगीको
फरक यत्ति न हो, बुझेर बाँच्नुपर्छ । । ।

Tuesday, January 7, 2014

मुक्तक

म एउटा यस्तो आश गरिरहेछु । 
प्रकृतिलाई पनि जित्ने विश्वास गरिरहेछु । ।
मान्छे एक्लै बाँच्न सक्दैन भन्ने सुनेदेखी
त्यही सम्भव बनाउने अभ्यास गरिरहेछु । । ।

वहकिने मन 85 : वर्ष 2 अंक 31 (2070-09-22)

कार्यक्रम : बहकिने मन  
मिति : (2070-09-22)
प्रस्तोता :महावीर विश्वकर्मा

नमस्कार ! 

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  
Listen And Download
                                  Download : Click Here to Download

Thank you 

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget