Tuesday, April 1, 2014

वहकिने मन (२०७० फागुन १२)

मलाई कसैले भगवान भन्छ ।
अँगालो स्वर्गै समान भन्छ । ।
बाडुल्की लागेन भने कुनै दिन
लाग्दैछ गाउँघर सुनसान भन्छ । । ।

((((((तिमीलाई कुनै पल नदेखुँ म, चलचित्र : बाटो मुनिको फूल))))))

मलाई थाहा छैन यो प्रेम भनेको के हो, अहँ थाहा छैन । त्यसो त प्रेम केलाई भनिन्छ भनेर कसैले प्रतिपादन गरेको सर्वमान्य सिद्धान्त त कहाँ पो होला र ?? थाहै नपाएर पनि प्रेम गरिरहेकाहरुलाई हेरेर नै होला प्रेम भनेको यही पो हो की भनेर केही बुज्रुकहरु परिभाषित गरिदिन्छन् । 

सायद केही अन्तरालपछि आफ्नै परिभाषामा आफै सन्तुष्ट हुन सक्लान् उनीहरु । त्यो किनभने, प्रेम काटीकुटी यही हो भनेर अथ्र्याउन सकिने कुरो कहाँ हो र ।

मलाई कहिलेकाहीँ यसै यसै घोत्लिन मन लाग्छ । हो त्यसैबेला सोँच्छु म, पानीको वैज्ञानिक नाम एच टु ओ भए झैँ प्रेमको चाहीँ के हुन्छ होला ? के प्रेममा आकर्षण र विकर्षणको विज्ञान लागु हुँदैन र ??? यदि हुन्छ भने, खोई त यसको वैज्ञानिक नाम ।

खैर छाडौँ यी सब कुरा । मलाई आज यत्ति भन्नु छ तिमीसँग, की हिजोआज मलाई प्रेमको अनुभुत भइरहेको छ । त्यो प्रेम भन्ने चिज कत्रो हुन्छ, कस्तो हुन्छ भन्ने केही थाहा छैन मलाई । फेरी पनि त्यसले मनभित्र अड्डा जमाएको महसुस भने मज्जैले भइरहेको छ यतिबेला । 

हुन त यो मन भनेकै अर्काको लागि त हो क्यारे नी । सँधै अरु नै कोही आएर कब्जा गरिदिन्छन् यसलाई । त्यसो त यसरी कब्जामा पर्नुको मज्जा पनि त कहाँ कम छ र ????

मैले सुनेथेँ, कोही राम्री भएर मनपर्छ अनि कोही मन परेपछि राम्री लाग्न थाल्छ । सायद यी दुई अवस्थामध्ये दोश्रोले चाहीँ डोहो¥यायो मलाई, तिम्रो मनसम्मको खलोमा । त्यसकै साहाराले मायाको बारी बारी दगुर्दै आइपुगेँ म । म आजपनि सम्झिन्छु, हिजो तिमीलाई पहिलोपटक देखेका दिनहरु । 

खै यतिबेला मलाई थाहा नभएको हो की, के हो, त्यतिबेला तिमीलाई पहिलोपटक देख्दा मेरो मनमा त्यस्तो अनौठो जस्तो अनुभव केही पनि भएन जस्तो लाग्छ मलाई । तर जसै तिमी हामी बीचको दुरी छोट्याउँदै अघि बढ्यौ, अनि त सम्पूर्णतया तिमीमा विलिन हुन पुगेझैँ अनुभव भइरहेछ मलाई ।

थाहै थिएन, यो प्रेम भन्ने चिज कति छिट्टै शुरु भइसकेछ मनको ओडारमा । अनि सुरक्षित पनि । हिजोआज त्यही मन हरखबत आफ्नै बगलीभित्रको तिम्रो आकृति निकालेर सुम्सुम्याइरहन्छ ।

त्यहाँसम्म पुग्ने बाटो डाँडा नभएपछि ।
फूलहरु झनै आफ्नो, काँडा नभएपछि । । 
अनि मलाई किन किन प्रेम जस्तै लाग्न थाल्यो
तिमी टाढा भएर पनि टाढा नभएपछि । । ।

(((((((((((कुनै वाधा अड्चन)))))))))))))))))))

यो प्रेम भन्ने चिज पनि बडो अचम्मको छ । यसको अनुभव नहुँदासम्म उ आएको गएको मतलब नहुने । तर जब विस्तारै मनमा हलचल हुन थाल्छ, अनि जतिबेला पनि उ आफ्नै वरिपरि घुमिरहे हुन्थ्यो जस्तो, अनि आफु पनि उसकै आँखा भरि हेरिरहन पाइदिए हुन्थ्यो जस्तो लागिरहने । 

जतिखेर पनि छेउमै बसिरहन पाइदिए हुन्थ्यो भन्ने लाग्ने । कलेजमा त्यतिका बेर सँगै बसेर छुट्टिएपनि कतिबेला भोली होला जस्तो हुने, छिनछिनमै म्यासेज पठाइरहनुपर्ने, छिनछिनमै मिसकल हानिरहनुपर्ने । बडो अजीव छ यो प्रेम ।

साँच्चै भनेको, अचेल यस्तै यस्तै भइरहेछ मेरो मनभित्र पनि । जब केही दिन भेटन्नौ नी तिमी तबसानै रेक्टर स्केलको भएपनि एकखाले भुइँचालो आएजस्तो भइरहन्छ मनमा । 

त्यो एकखाले कम्पन भइरहन्छ सँधै । सायद मलाई डर लाग्छ भोलीसँग । त्यो भोली कतै मलाई तिमीबाट अलग्याउने अजङ्गको पहाड लिएर त आईपुग्दैन । 

कतै यो मनको पालीमा सिउरेर राखेको प्रेम भन्ने चिज कसैले फुत्त झिकेर मिल्काइदिने त होईन भन्ने त्रास भइरहन्छ मनमा । कसलाई के थाहा हुन्छ र कतिबेला सम्बन्धमा ग्रेट वाल खडा हुन्छ भन्ने । सायद त्यसैले पनि तिमीलाई आफ्नै वरिपरि खोजिरहन्छन् मेरा आँखा ।

प्रेममा के हुन्छ कुन्नी त्यस्तो, जसले गर्दा आफ्नो भन्दा बढ्दा चासो तिम्रो लाग्न थालेको छ मलाई । म कुनै नयाँ ठाउँमा पुगेँ भने, तिमी पनि सँगै भइदिएको भए कत्ति रमाइलो हुन्थ्यो होला भन्ने सम्झिन्छु । केही मिठो चिज खान थालेँ भने यो तिमीसँग बसेर खान पाइदिएको भए अझै कति मिठो हुन्थ्यो होला भन्ने कल्पिन्छु ।

आफ्नो भन्दा बढ्ता माया अरुको नै लागेपछि ।
होईन, होईन भन्दा भन्दै भित्र रहर जागेपछि । ।
थाहै नपाई मनभित्र प्रेम भइसक्दो रैछ
दिनको भोक रातको निंद आफैबाट भागेपछि । । ।

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget