Monday, December 15, 2014

मुक्तक

1)
सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन । 
भएपनि यतिबेला दोकान भित्र सामान छैन । । 
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कस्ले देखेको छ
कहाँ पुगि मरिने हो, जीन्दगीको ठेगान छैन । । ।

2)
यी ढुङ्गा यी माटो, हामी पनि बाँची हेरौँ । 
सँगै हिँड्न मिल्ने बाटो, हामी पनि बाँची हेरौँ । । 
एक्ला एक्लै हिँडिरहँदा साँच्चै आत्तेस लाग्दो रैछ 

जीन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ । । । 

3)
यो एक्लो यात्राको भर नहुने भो । 
आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो । । 
थकाई लाग्दा, सुस्ताउँदा, मनको मान्छे खोज्छ यो मन

अब फकिर भई हिँड्ने रहर नहुने भो । । ।  

4)
पहिलो भेटमा दुबै केही बढी लजाउने गर्छन । 
अलि पछि एक अर्कालाई औधी कजाउने गर्छन । । 
प्रेम भनेकै सपनाको एउटा अंश भएर हो की
प्रेम गर्नेहरु अनेक सपना सजाउने गर्छन । । । 


5)
फिरन्ते म बटुवालाई बास दिन सक्यौ भने ।
मेरो पनि कोही छ भन्ने, आभास दिन सक्यौ भने । ।
एउटा सुन्दर सँसार होला, हामी दुवै रमाउने
उदेक लाग्दो यो जीवनमा मिठास दिन सक्यौ भने । । ।

Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget