Sunday, February 15, 2015

महानता


-महावीर विश्वकर्मा

आज
गुलाब र उसका सन्ततीहरुकाे
खुबै ओसारपसार भाे
आदान प्रदान भाे
किनबेच भाे
दिनेहरु गमक्क भए
लिनेहरु मसक्क भए

एउटै हाँगाेमा फूलेकी गुलाबलाई
भाेली, मनकाे कुराे भन्छु भनेर
हिजाे निदाएकाे एउटा गुलाब
आज झिसमिसेमै चुँडियाे

उसकाे मृत शरीर बाेकेर हातमा
प्रेमिका भेट्न आतुर प्रेमी
हातकाे भारी बिसाएपछि
केजरीवाल झैँ खुशी देखियाे

आफ्नाे शवकाे बास्ना सुँघेर
पुलकित भएकी प्रेमिका चैँ काे हातबाट
कामना गरिरहेथ्याे त्याे गुलाब
म त ओईलिजानेछु भाेली
यिनका प्रेम म सँगै नओईलिउन्
यिनीहरुकाे प्रेम कसैले नचुँडुन् ।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget