Wednesday, January 20, 2016

रनभुल्ल

-महावीर विश्वकर्मा 
2072-10-05

कवि असरफ
मेरो देशमा नि थुप्रै कविहरु छन्
केही, तिमी बन्न नसकेका
अनि 
केही, तिमी बन्न नचाहने 
हुन त
केही ठ्याक्कै तिमी जस्तै पनि होलान्
तर
म भने रनभुल्लमा छु कवि असरफ
मेरो देशमा मृत्युदण्डको प्रावधान नभएर हो कि
तिमी जस्तै कवि नभएर हो
न यहाँको राज्य सत्ता डराउँछ
न तिम्रा तिरका कविहरु
मेरा तिरका कविका लागि जुर्मुराउँछन्…!
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget