Thursday, April 7, 2016

केही मुक्तकहरु


दिन ढलेर जान्छ मन गलेर जान्छ
सपना जे जे देखौ आफै जलेर जान्छ।
जिन्दगी यसरी मात्रै बित्दैन भन्दा भन्दै
समय पनि त साथी यसै छलेर जान्छ।।


सोचे जति सबै सबै पूरा हुन्न जिन्दगीमा।
सबै पूरा हुनै पर्ने कुरा हुन्न जिन्दगीमा।।
चाहे जति हुने भए,मागे जति पाउने भए
सपना ती कुनै पनि अधुरा हुन्न जिन्दगीमा।।।


यसो सोछे सम्बन्धमा चिसो पसेको बर्सौ भएछ।
भुल्न सक्छुकी भन्दै सराबमा फसेको बर्सौ भएछ।
तिमिलाइ त हासो खुसी माया गर्ने धेरै होलान 
आफू भने एकान्तमा रुदै बसेको बर्सौ भएछ।।


भन्न खोज्थे तर पनि त्रास थियो मनमा
नभनेरै बुझ्छेउ भन्ने आश थियो मनमा।
काहा बाट अलग्गियौ हेक्का समेत पाइन
फेरि कतै भेटिन्छौ कि बिश्वास थियो मनमा।।


आँसु दर्किदा सधै रुझेर बाच्नु पर्छ
भिजेको आँखा सधै पुछेर बाच्नु पर्छ।
पाउनु र गुमाउन त रित नै हो जिन्दगिको
फरक यत्ती न हो बुझेर बाच्नु पर्छ।।


मलाइ कसैले भगवान भन्छन
अङ्गालो स्वर्गीय समान भन्छ्न।
जे छ आज यो पो त जिन्दगी 
कसैले त मेरो जवान भन्छ्न।।


घर गाउँको अति माया बसेर आउँछ
ज्यान यता मन भने उतै फसेर आउँछ।
बिदेसिनुको पीडा यति बेला बल्झिन्छ
जब चाडबाडमा आफै आँसु खसेर आउँछ।
.

घर गाउँको अति माया बसेर आउँछ
ज्यान यता मन भने उतै फसेर आउँछ।
बिदेसिनुको पीडा यति बेला बल्झिन्छ
जब चाडबाडमा आफै आँसु खसेर आउँछ।
.

हामी जीवन कोर्छौ तर रंग भर्न जान्दैनौ
सानो ठुलो भन्छौ रत प्रेम गर्न जान्दैनौ।
ए मान्छे यति घमण्ड के मा छ तलाइ?
जबकी बाच्ने कुरा त छाेडौँ हामी मर्न जान्दैनौ।।


१०
जे भयो ठिकै भयो जसोतसो बाचेकै छु
बनावटि रैछ सन्सार जबरजस्ती हासेकै छु।
भिड भन्दा पर छु म किन चाहियो तिम्रो माया।
त्यसलाइ राख्ने ठाउ मनको  म आफैले भाचेको छु।।।


११
हर बखत जिन्दगिले छलिरहन्छ भन्छन
फुल रोपे पनि काडा फलिरहन्छ भन्छन।
आउनेहरु आउछन अनि जानेहरु जान्छन
फेरिपनी जिन्दगी यो चलिरहन्छ भन्छन।।


१२
यसो गरे उसो गरे उपलब्धि शून्य भयो
नत पापै लाग्यो मलाइ नत कहिले पुन्य भयो।
मान्छेहरुको झुन्ड मिलि न्याकिरहे सधै सधै
आज सोच्छु मेरा को चै मान्छे धन्य भयो।।


१३
दोबाटोमा भेटेकाथ्यो चौबाटाेमा छुटिहाल्यो।
के को बाचा के को कसम अनायासै टुटिहाल्याेेे।
छुटयाेे पनि यसरी कि सम्भावना शून्य भयो।
माया आखिर के रैछ र सिसा सरि फुटिहाल्याेेे।।


१४
मलाइ मन बिसाउन बास चाहिएको छ । 
मन लुटिन्न त्यहाँ भन्ने बिस्वास चाहिएको छ।।
धेरथोर भरोसा तिम्रै लाग्छ अझै पनि 
आँखा रुँदा पुछिदिने खास चहिएको छ।।।


१५
खुशी पनि करार हुन्छ पैसा नुहँदा ।
ओँठको हाँसो फरार हुन्छ, पैसा नहुँदा । ।
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । । ।

१६
कथा हुन सक्दैन,काहानी हुन सक्दैन।
कथा,काहानी बिनाको जिन्दागानी हुन सक्दैन।
अब दुनियाले यो बुझन जरुरी छ।
निधार ठुलो हुदैमा भाग्यमानी हुन सक्दैन।।

Categories:

1 comment :

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget